Logo

सिटिजन्स बैंकका ग्राहकले अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा छुट पाउने



सिटिजन्स, १२ चैत्र । सिटिजन्स बैंक इन्टरनेसनल र अलिवकबाव सुलतानेट रेस्टुरेन्टबीच सम्झौता भएको छ । सम्झौतापछि बैकका कार्डबाहक ग्राहकले रेष्टुरेन्टबाट छुट पाउने भएका छन् । बैंकका कार्डवाहक ग्राहकले काठमाडौंको टंगालमा रहेको अलिवकबाव सुलतानेट रेस्टुरेन्टका सेवा उपभोग गरेबापत विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकले मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यले खुलेको सो रेष्टुरेन्टसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास गरको छ ।
बैंकको अनुसार हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्