Logo

ओलीले भोलिलाई बोलाए संसदीय दलको बैठक



काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीनकट एक सांसदले दिएको जानकारी अनुसार दलको बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बस्ने भएको छ । यसअघि संसदीय दलको बैठक गत चैत्र ७ गते विहान बालुवाटारमै बसेको थियो ।

उता, वरिष्ठ नेता माधव कुमार नेपाल समूहले भने आफूनिकट केन्द्रीय कमिटी सदस्यहरुको छुट्टै बैठक बोलाएको छ । पार्टी महासचिव ईश्वर पोखरेलको नाममा वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टीकरण सोधिएको छ । यो सँगै एमालेभित्रको विवाद मत्थर हुनुको साटो झनै चर्किएको छ ।



प्रतिक्रिया दिनुहोस्