Logo

मन्त्रिपरिषद बैठक सुरू



काठमाडौं, १२ चैत्र । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कोरोना संक्रमण बढेकोले यसको रोकथाम तथा नियन्त्रणमा कसरी जाने, समसामयिक राजनीतिक घट्नाक्रम र संसद्को प्रभावशाली सञ्चालन, बन्दीहरुको रिहाई र मुद्दा फिर्ता लगायतको विषयमा छलफल हुने बुझिएको छ ।

हालै सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो । विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर माग पूरा गराउन आग्रह गरेका थिए । उता, जसपा नेपालले पनि आफ्ना माग पूरा गर्नको लागि सरकारसमक्ष आग्रह गरिरहेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्