Logo

एमाले संसदीय दलभित्रै ओलीसँग माधव नेपालले संघर्ष गर्लान् ?



काठमाडौं, १३ चैत्र । नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा एमालेको माधवकुमार नेपाल समूह सहभागी हुने या नहुनेबारे चासो रहेको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्ट रहँदै आएको नेपाल समूहले विगतका केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गर्दै आएको छ । आजको बैठकमा भने सहभागिता जनाउने बुझिएको छ ।

माधव नेपाल निकट सांसद सोमप्रसाद पाण्डेले बैठकमा सहभागी हुने बताए । उनले ऋषि धमलासँग रेडियो एनआरएनसँग कुरा गर्दै आफूहरु संसदीय मूल्य मान्यता अनुरुप चल्ने भएकाले बैठकमा सहभागी हुने जानकारी दिए ।

पाण्डेले कुनै हालतमा एमाले फुटाउन नलागेको प्रष्ट पारे । एकताको पक्षमा उभिएर सशक्त रुपमा संघर्ष गर्ने समेत बताए ।

यसअघि नेता माधव नेपालले आफू पक्षका कार्यकर्तालाई नआत्तिन र धैर्य गर्न भनेका थिए । उनले ओलीलाई परास्त गरेरै छाड्ने दृढता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्