Logo

साना किसान विकास लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन



काठमाडौं, १३ चैत्र । साना किसान विकास लघुवित्तको जारी शेयर लिलामी खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको लिलामी बिक्रि शेयरमा आज (चैत्र १३) सम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनीले व्यवस्था गरेको हो ।

संस्थाले बिक्रि नभएको हकप्रद शेयर फागुन २८ गतेदेखि लिलामीमा बिक्रि खुल्ला गरेको थियो । लघुवित्तले ३ हजार २६८ संस्थापक र ९ हजार ७४ कित्ता हकप्रद शेयर सर्वसाधारणको लागि बिक्रि गर्ने जनाएको छ । कम्पनीको अनुसार मंसिर २५ गतेबाट पुस ३० गतेसम्म हकप्रद निष्कासन गरेकोमा सबै हकप्रद शेयरमा आवेदन नपरेको कारण पुनः लिलामीमा विक्रि गरेको हो ।

हकप्रद शेयरको विक्रि तथा प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार इच्छुक व्यक्ति तथा कम्पनी, संघ संस्थाले उक्त हकप्रद शेयर खरिद गर्न चैत्र १३ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्युनतम मुल्य १०० रुपैयाँ प्रतिशेयर निर्धारण गरिएको हुनाले सो रकम भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्