Logo

अनामनगरको सार्वजनिक जग्गाबाट लाखौं भाडा उठाउँदै चाम्लिङ



काठमाडौं, १३ चैत्र । अनामनगरस्थित धोबीखोलाको सार्वजनिक /ऐलानी जग्गामा संरचना बनाई इन्द्र चाम्लिङले मासिक ४ लाख भन्दा बढी भाडा खाइरहेको पाइएको छ । उनले अनामनगर धोबीखोला करिडोर वडा नम्बर १० स्थित देवीनगरको सार्वजनिक जग्गामा मात्र १० वटा भन्दा बढी संरचना बनाएर भाडा असुली गरी ठगी गरिरहेका छन् ।

चाम्लिङले सार्वजनिक जग्गामा संरचना बनाएर मासु ,पसल ग्यारेज, सुसीन ए वान म : म सेन्टर होटलगायतबाट भाडा उठाउँदै आएका छन् । चाम्लिङले कित्ता नम्बर १९१ सार्वजनिक जग्गा मिचेर ८ तले भवन बनाएका छन् । ४०९ कित्ता सार्वजनिक जग्गा होटल र मासु पसललाई भाडामा लगाएछन् ।

६५ , ४३० लगायतका कित्ता नम्बर उल्लेख भएका सार्वजनिक जग्गामा पनि संरचना बनाएर चाम्लिङले भाडा असुली रहेका छन् । कानूनले भने सार्वजनिक जग्गा कब्जा गर्नेलाई हटाउने र कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । कार्यालयले १५ दिनको सूचना दिएर अतिक्रमणकारीलाई उक्त ठाउँबाट हटाउन सक्छ ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ३०७ मा सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा अतिक्रमण गरी कुनै संरचना बनाइसकेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यस्तो संरचना भत्काउनका लागि संरचना बनाउने मुख्य व्यक्तिलाई १५ दिनको समय दिनुपर्ने उल्लेख छ।

१५ दिनको समयमा अतिक्रमित संरचना नभत्काए सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यस्तो संरचना भत्काउनुपर्ने र भत्काउँदा लागेको खर्च अतिक्रमणकारीबाट असुल उपरगरी २५ हजार रूपैयाँ जरिवाना गर्नुपर्ने उक्त ऐनमा छ। जिल्ला प्रशासन कार्यालयले इच्छाशक्ति देखाएको खण्डमा भूमाफिया चाम्लिङले कब्जा गरेका सार्वजनिक जग्गा सार्वजनिक प्रयोगमा आउने स्थानीय वासिन्दा बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्