Logo

आज १ सय ५६ संक्रमित थप



काठमाडौं, १३ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्