Logo

आफ्नो कुरा राखेर झलनाथ बालुवाटारबाट बाहिरिए, निर्णय फिर्ता लिन ओलीलाई आग्रह



काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुको पनि उपस्थिति छ ।

खनाल–नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनालले बैठकमा आफ्नो भनाई राखेका थिए । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिँदै त्यसको लागि फागुन २३ गतेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय फिर्ता हुनुपर्ने भनाई राखेका थिए ।

उनले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यँुतिएकोले अब २०७५ साल जेठ २ गतेको अवस्थाबाट अघि बढ्नुपर्ने अडान राखेका थिए । यदि, त्यसरी जान सकिएन भने पार्टी एकढिक्का हुन नसक्नेतर्फ उनले चिन्ता व्यक्त गरेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्