Logo

माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक जारी, नयाँ रणनीति बनाईने



काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको कालिमाटीस्थित् एक पार्टी प्यालेशमा उक्त समहूका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बसिरहेको हो । आजको बैठकमा अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गर्ने बुझिएको छ ।

पछिल्लो समय नेता नेपाल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबीचको दरार पैदा भएको छ । र, पार्टीभित्र आन्तरिक संघर्ष चर्किएको छ । नेपाल समूहले फागुन २८ गतेको केन्द्रीय कमिटीको निर्णय खारेज गर्नुपर्ने र चैत्र ५ र चैत्र ७ गते बसेको संसदीय दलको निर्णयसमेत खारेज गर्नुपर्ने पक्षमा छ ।

तर, ओली समूह भने कुनैपनि हालतमा तीन निर्णयबाट ब्याक नहुने अडानमा छ । हिजोमात्रै बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफू यसअघिका कुनैपनि निर्णयबाट ब्याक नहुने बताईसकेका छन् । बरु, नेता नेपाल र भीम बहादुर रावललाई कारबाही गर्ने संकेत गरेका छन् । हिजोको बैठकमा नेता नेपाल र रावलबाहेक उक्त समूहका सांसदहरु पनि सहभागी थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्