Logo

राष्ट्रिय रक्ष क्रान्ति संघर्ष समिति (विप्लव संघर्ष समिति) केन्द्रीय समितिद्वारा राष्ट्रहितका लागि १३ बुँदे माग (प्रण) प्रस्तुत (भिडियोसहित)



काठमाडौँ, १४ चैत । माओवादी जनमुक्ति पार्टी (नेत्रवादी जनमुक्ति पार्टी) का महासचिव, श्रमिक वर्गा, राष्ट्रिय रक्षा क्रान्ति संघर्ष समिति (विप्लव संघर्ष समिति) शान्ति दूत, राष्ट्रवादी व्यक्तित्व, बुद्धिजिवी वर्ग एवं सल्लाहकारहरु, प्रवुद्ध समूहको सम्पन्न संयुक्त बैठकले राष्ट्रिय रक्षा क्रान्ति संघर्ष समिति (विप्लव संघर्ष समिति) को केन्द्रीय समिति गठन गरेको छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराईएको हो । राष्ट्रहितमा भन्दै समितिले १३ बुँदे माग (प्रण) समेत अघि सारेको छ । ती मागमा सात प्रदेश खारेज, धर्मनिरपेक्षता खारेज, अगामी २०८५ सालदेखि समानुपातिक प्रणाली खारेज, आगामी २०८५ सालबाट ६० वर्षको हुनासाथ स्वतःस्र्फुत हाँसी खुशी राजी भई स–सम्मान राजीनामा दिएर बस्नुपर्नेलगायत छन् ।

माजपा (नेजपा) का महासचिव रक्ष कुमार राई (अभिमान), संघर्ष समितिका सल्लाहकार दिप बहदाुर शाही, संघर्ष समितिका सल्लाहकार लाहानुराम चौधरी, संघर्ष समितिका शान्ति दूत कमरेड भिक्षु, संघर्ष समितिका सल्लाहकार शिव बाबा अघोरी, संघर्ष समितिका सललाहकार मिन बहादुर गुरुङ, संघर्ष समितिका सल्लाहकार विष्णु सिंह डंगोल, र संघर्ष समितिका विशेष सल्लाहकार इशरत अलिद्धारा हस्ताक्षरित विज्ञप्तीमा समितिको राज्य चरित्र कब्जा रणनैतिक घोषणा कार्यक्रम समेत तय भएको छ । जसअन्तर्गत चैत्र गते जिम्मेवार नागरिक स्वागत तथा संघर्ष समितिको पत्रकार सम्मेलन, चैत्र १५ देखि चैत्र २६ गतेभित्र अति आवश्यक पाँच संस्था र थप अरुसँग भेट वार्तालाप, चैत्र २८ गते १०८ देखि ६०१ व्यक्तित्वसँग राजनीतिक समिक्षा सभा एवं विचार विमर्श गोष्ठी, चैत्र २९ गते मौलिक नेत्रवादका साथ भिक्षु कमरेडको सार्वजनिक र सम्बोधन ठिक ११ः११बजे, बैशाख १ गते शान्तिपूर्ण सत्याग्रह अथवा रिले अनशन साथै गोबर आन्दोलन रहेका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ,‘हामी विभिन्न संघर्ष समितिहरु, बामपन्थी, राष्ट्रभक्त, सच्चा प्रजातन्त्र÷लोकतन्त्रवादी शक्ति र समस्त देशभक्त व्यक्तिहरुलाई यस समितिको रणनैतिक कार्यदिशामा दक्तचित्तका साथ सामेल हुन आह्वान गर्दै सम्पूर्ण न्यायप्रेमी तथा आमूल परिवर्तनका पक्षधर जनसमूदायलाइ मानव संघर्षमा लामवद्ध हुन हार्दिक अपिल गर्दै, यहाँ स्थापित राजनीतिक दल लगायत अन्य संगठनका लडाकु दस्ता भएमा नाम, वतन र हतियारसहित शान्ति सम्झौता गरी सेना समायोजन गर्ने हिसाबले तयार रहन सम्बन्धित सम्पूर्ण जिम्मेवार व्यक्तिहरुलाई अग्रिम जानकारी गर्दछौं ।’

विप्लव संघर्ष समितिले आफ्नो संयुक्त बैठक सम्पन्न गरी राष्ट्रहितका लागि १३ बुँदे माग प्रस्तुत गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संघर्ष समितिले संयुक्त बैठक सम्पन्न गरी राष्ट्रहितका लागि १३ बुँदे माग प्रस्तुत गरेको हो ।

विप्लव संघर्ष समितिले संयुक्त सदस्य टोलीको अवधारणा र संरचनासम्बन्धी दस्तावेज पारित गर्दै केन्द्रिय समितिको गठन गरेको छ । संघर्ष समितिले राज्य चरित्र कब्जा राणनैतिक घोषणा कार्यक्रमको मिति समेत सार्वजनिक गरेको छ । चैत १५–२६ गते भित्र अति आवश्यक पाँच संस्था र थप अरुसंग भेट वार्तालाप गर्ने, चैत २८ गते १०८–६०१ व्यक्तित्वसंग राजनितिक समिक्षा सभा एवं विचार विमर्श गोष्ठि, चैत २९ गते मौलिक नेत्रवादका साथ भिक्षु कमरेडको सार्वजनिक र सम्बोधन गरिने र बैशाख १ गते शान्तिपूर्ण सत्याग्रह अथवा रिले अनशन साथै गोबर आन्दोलनको घोषणा गरेको छ ।

कार्यक्रममा सल्लाहकार दिप बहादूर शाहीले हामी दर्शन, सबै दर्शन मानव साच्चि कै दर्शन रहेको बताए । उनले भने,‘मानवले दर्शन विर्सेको हुनाले विश्वमा मानव जगत जुधिरहेको छ, लडिरहेको छ । आफूले बनाएको शस्त्र अस्त्रबाट ध्वस्त भइरहेको छ ।’ हामीले के खोजेका छौँ, देशले के खोजी रहेको छ यो माटोले के खोजी रहेको छ ? भन्दै प्रश्न तेर्साए । उनले सम्पूर्ण युवा वर्गलाई एकजुट हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका अभियन्ता मधुवन शमशेर राणाले तीन नम्बर बुँदा आफूलाई मन परेको बताए । उनले भने,‘बोल्ने नेता यहाँ धेरै देखियो, माहोवादीले आफ्नो समयमा धेरै युवा नेता जन्माए । अब युवा नेताले कार्यभार सम्हाल्नुपर्ने छ ।’ उनले देश कहाँबाट कहाँ पुगिसक्यो भन्दै नेताहरुले आफ्नो गल्तीको प्रायःश्चित् गर्न नसकेको औल्याएँ ।

त्यसैगरी कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अभियन्ता हेमविक्रम सिलवालले आफू सडकमा भौतारिएको पच्चिस वर्ष भएको बताए । उनले भने,‘साथीहरुले नयाँ कार्यक्रमको सुरुवात गर्नुभएको छ । मलाई पनि नौलौ र रमाईला र वास्तविक लागेको छ ।’ उनले आफूहरु सबै एक सामान रहेको जिकिर गरे । उनले भने,‘हामीले संसारलाई परिवर्तन गर्न सक्छौँ ।’

राष्ट्रहितका लागि संघर्ष समितिद्वारा जारी गरिएको १३ बुँदे माग यस प्रकार छन्ः

१. सात प्रदेश खारेज । खतिरिक्त स्वर्गीय हर्क गुरुङ र मौसुफ बिरेन्द्रको सम्झनारुवरुप हिमाल, पहाड, तराई समेट्दै अगाडि उल्लेखित मध्य तत्काल औपचारिक रुपमा (१,२,३,४,५) र वार्तालाप मार्फत(६,७,८) मिलाई बिकास क्षेत्रको नामकरण गर्नुपर्ने ।

२. धर्मनिरपेक्षित खारेज । एक वैदिक सत्य सनात धर्म सापेक्षित राष्ट्र कायम गर्दै सम्पूर्ण क्षेत्रका धर्मवालम्बीहरु अटाउने सुशासनको लागि श्री पशुपतिनाथ र लुम्बिनीलाई नेपालको कुल घोषित गर्ने ।

३. श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव ज्युलाई बैशाख ११ गते २५०० चौवालिस दिनको लागि सरल विधिबाट खुल्ला मञ्च टुँडिखेलमा प्रतीकात्मक सम्बैधानिक राष्टियसंस्थाको राष्टअध्यक्षमा स्थापना गर्ने । १६१६ वर्षमा जनमतद्धारा राष्ट्रअध्यक्ष चयन ।

४. दलित, खस जनजाती मुस्लिम, आदिवासी, मधेसी यस्ता आरक्षण पत्र अन्तरगत उल्लेखित मानवीय विभेदकारी शब्दहरु पुनः सम्बन्धित व्यक्तिहरुको स्वइच्छामा विपन्न, पिछडिएके, अल्पसंल्यक, उत्पीडित, सिमान्तकृत,लोपोन्मुख सबल उस्तै वर्गविशेषमा परिमार्जन गर्ने । राइट टु रिकल र राइट टु रिजेक्ट प्रावधानका साथ राजनिति, गैर राजनिति संघ संस्था, सचिवालय इतयादी क्षेत्रमा वि.स २०५८ साल देखि समानुपातिक प्रणाली खारेज गरिनुपर्नेछ ।

५. वि.स. २०५८ सालदेखि आफ्नो राजनितिक कार्यकाल आफू ६) वर्षको हुनासाथ स्वातस्फूर्त हाँसाी खुशी राजी भई स–सम्मान राजीनामा दिएर जो कोही अविवाहित राजनेता, सरकारद्धारा बनाइने सम्पूर्ण बिकास क्षेत्रको भव्य देव भवन वा पाठशालामा राज्यबाट प्राप्त सुबिधा ग्रहण गरी श्री सुवास घिसिङ, जगन्नाथ , गोबिन्द पन्त, शुसील जी, के आई सिंह, मनमोहन, किशुन जी मरिचमानm परशुराम। ज्ंग बहादूर, मदन भण्डारी जी लगायत धेरै राष्ट्रभक्त व्यक्तिहरुलाई प्रेरणाको मुख्य श्रोत बनाई राज्य राष्ट्रको भलो चिताई रही कर्मकाण्ड गर्दै रहन सक्नुपर्नेछ ।

६. नेपाल अधिराज्यमा अर्धसतक कालसम्म यही मात्र राजनितिक पार्टी, ‘राष्ट्रिय एकिकृत प्रजातान्त्रिक (लोकतान्त्रिक दल नेपाल’ रहनुपर्नेछ भने प्रतिपक्षमा ‘हाम्रो नेपाल हामी नेपाली मौलिक क्रान्ति संघ ’ सदैब निस्वार्थी भई देशभक्तिभावपूर्ण व्यावहारबाट आयित्व निभाउनुपर्नेछ । मौलिक जनक्रान्ति सफल भए लगतै सम्पूणर््ा समायोजित पार्टीहरुको चल–अचल सम्पत्ती, प्रतिशत पक्षधर र २५ प्रतिशत प्रतिपक्षधरमा राष्ट्रहितको निम्ति बाँढिनुपर्नेछ ।

७. कुनैपनि सरकारी पदमा रहेर बिसौँ वर्ष भन्दा बेसी इमान्दार पूर्ण दायित्व निभाइर अवकास लिएपछि स्वतह नैतिक रुपमा प्रतिपक्षको स्थान अनुकूल हुनेगरी ७५३ (८३०–९६९–६७४३–१००००) वटै स्थानीय सरिकारी कार्यलयको विपरित धुर्बमा स्थापित फोरममा स्वइच्छाले सदस्यता लीन ुक्नुपर्नेछ । साथै राजनितिबाट अवकास प्राप्त राजनेताहरु आजीवन यस पवित्र संगठनलाई साथ दिँदै सल्लाहकारमा राख्नुपर्नेछ ।

८. वि.स. २०५८ सालको चुनावसंगै सम्पूर्ण स्तरको केन्द्र स्तरको नेता जनको शैक्षिक योग्यता कक्षा १२ सम्म चाहीँ स्वदेशमै अध्ययन सम्पन्न गरी न्युनतम स्नातकोत्तरमा हासिल गरेको हुनुपर्नेछ । जनप्रतिनिधि छनोटमा विशाल नेपाल भरिकै निर्धारण गरिने चुनावी क्षेत्रमध्यआवश्यक स्थानबाट समावेसीता र सवलीकरण पक्रिया अपनाई ५, ४५ र ५० प्रतिसतको अनुपातमा नेतृत्व हुने गरी जिम्मेवारी व्यक्तित्व हनोट गर्नेछन् । उम्मेदवारहरु (बेल, आँक र अन्तर समुदाय विवाह बाहेक अविवाहित हुनुपर्नेछ र आजीवन हविवाहित नै रही–रहुञ्जेलसम्म दुई दलिय जगुज प्रणालीमा रहेर जीव–जनावर, राष्ट्र र भुगोलको हितमा कार्य गर्ने संकल्प गर्नुपर्नेछ ।

९. राष्ट्रिय जनप्रतिनिधि संसद भवनको भित्री संरचना सभामुख आसन अघि केही तल्लो भागमा वर्गकार टेवलमा ८ र केही मासथ १०८–६० आसन राखिनुपर्नेछ । बालकनीमा थप ३२–१ ओटा आसन हुनुपर्नेछ । हरेक महिनाको अन्त्यमा वा परिस्थिती अनुसार राष्ट्रियसंस्था प्रतीनिधिसहित ३२ अरु विपक्षी संगठनका जिम्मेवार व्यक्तित्वहरु उपस्थित भएर प्रतिनिधि मन्त्रीमण्डल सभामा प्रतिपक्षबाट अति महत्व एवं जटिल सुझाव र समस्या सुनिदै निचोड दिँदै उच्च स्तरीय समिक्षक बैठक निरुपण हुनुपर्नेछ ।

१०.संसद भवन भित्र उपस्थित हुने सम्पूर्ण मान्यजनहरुले अनिवार्य स्पमा राष्ट्रिय पोशाक अगाउनुपर्नेछ ।सबै नेपाली सुरुषहरुको नागरिकतामा रहने फोटोको शिरमा गगन चुम्मि पर्वत एवं सगरमाथाको प्रतिक ढाका टापी हुनुपर्नेछ । सारा नेपालीहरुको नाम थर पछाडि नेपालीमा ओम लेख्ने र हर कागजी मुद्रामा आधुनिक बिशाल नेपाल राष्ट्र पुनः निर्माता श्री ५ वडा महाराजधिराजा पृथ्वीनारायण शाह देव ज्यसको तस्विर लालीगुँरास संगै छाँया पारेर राखेको हुनुपर्नेछ ।

११. हरेक शुक्रबार सम्पूर्ण क्षेत्रमा कार्यरत कर्मचारी एवं सम्भवत सम्पूर्ण नेपालीहरुले अनिवार्य रुपमा नेपाली ब्राण्डका ोिशाक लगाउनु पर्नेछ । साथै जोड बिजोडनजम्बर मिलाएर गाडीहरु हसधराज्य भरी चलाउनुपर्नेछ क्रमस वि.स. २०५८ साल सम्म विद्युतीय इनधनबाट चल्ने दुई र चार पाङग्रे गाडीहरु छिटो सम्धवित क्षेत्रमा सक्दो अनिवार्य गर्ने । स्नेह कियर, राष्ट्रिय आविष्कार केन्द्र जस्तै संस्थाहरुलाई पुरै विकास क्षेत्रमा विस्तार गरी आधुनिक साधन र वस्तुहरुको उत्पादन गर्न सम्बन्धित निकायले अहम भुमिका निर्वाह गरेको हुनुपर्नेछ ।

१२. ‘एक परिवार एक सदस्थ शाकाहारी’ नारालाई बुलन्द पार्न, पशु वधशालाको उचित व्यवस्थापन गर्न एवं हरेक होल तथा रेष्टुरन्टमा छुट्टै शाकाहारी कक्ष बनाउन ज्ञानी व्यक्ति एवं नेताहरु सक्रिय हुनुपर्नेछ । नेपाली सेना जनमसक्ति गोरक्षगण खडा गरी प्रत्यक वडामा राख्नपर्नेछ ।

१३. २००७,२०१५,२०१९,२०४९,२०६४ र २०७२ सालको अन्तरिम संविधान यिनै १३ बुँदाहरुको भाव लगायत अरु केही असल थप र खराब घट गरेर पुन लेखीवरी वि.स. ०७९ पागुन २० गते विशाल नेपाल अधिराज्यको सर्वोच्च मानव संविधान २०७९ जारी गर्नुपर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्