कर्णाली, १५ चैत्र । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले फागुपूर्णिमा (होली)का अवसरमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना दिएका छन् । उनले आज जारी गरेको शुभकामना सन्देशमा कोभिड– १९ को जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाएर होली मनाउनसमेत आग्रह गरेका छन्।
प्रदेश प्रमुख कलौनीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले मौलिक संस्कृतिको संरक्षण गर्दै समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज चैत १५ गते हिमाली र पहाडी जिल्लामा तथा भोलि १६ गते तराईका जिल्लामा मनाइँदै छ । वसन्तऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व परम्परागतरूपमा विभिन्न रङहरू खेली मनाउने परम्परा छ । रासस