Logo

देशभरका युवा बन्दीपुरमा



तनहुँ, १५ चैत्र । रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिकअन्तर्गत रिजन–४ को रोटरी युथ लिडरसीप अवार्ड (रायला) कार्यक्रम शनिबारदेखि बन्दीपुरमा शुरु भएको छ । रोटरी इन्टरनेशनल ३२९२ डिष्टिक रिजन–४ को आयोजनामा तथा रोटरी क्लब अफ दमौलीको व्यवस्थापन एवं रिजन ४ मा रहेका १७ रोटरी क्लबको सहयोगमा रोटरी युथ लिडरसीप अवार्ड २०२०÷२१ कार्यक्रम शुरु गरिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा रिजन–४ अन्गर्ततका १४ देखि १८ वर्ष उमेर समूहका ४९ युवाले सहभागिता जनाएका छन् । रोटरी क्लबले सो उमेर समूहका युवाको व्यक्तित्व विकाससँगै सामाजिक दायित्वबोध गराउँदै नेतृत्वदायी क्षमताको विकास गराउन प्रत्येक वर्ष रायला कार्यक्रम गर्दै आएको रिजन– ४ का रायला कार्यक्रम संयोजक जयराम पौडेलले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिकका पूर्व गभर्नर रवीन्द्रकुमार पियाले राज्यको भविष्य निर्धारक अहिलेका युवा र बालबालिका भएकाले उनीहरुमा हरेक क्षेत्रको विस्तारित ज्ञान हुन आवश्यक रहेको बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको इतिहास जीवन्त रहने गरी योजनाबद्ध ढङ्गले विकास गर्न २० वर्षे गुरुयोजना बनाएर अघि बढेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्