Logo

सोमबारबाट टेलिकमले शेयरधनीको खातामा लाभांश जम्मा गर्ने



काठमाडौं, १५ चैत्र । सोमबारबाट नेपाल दुरसञ्चार लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बैंक खातामा प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश पठाउने भएको छ । कम्पनीले सुचना जारी गर्दै चैत्र १३ गते भएको साधारण सभाले पारित गरे अनुसार भोली (चैत्र १६) देखि लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा गर्ने भएको हो ।

टेलिकमले हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले वितरण गरेको नगद लाभांश पुर्जा लिन बाँकी शेयरधनीहरुलाई समेत एनएमबि क्यापिटल लिमिटेड बबरमहलमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्