Logo

सुरुङमार्गसँगै बजार बन्ने



काठमाडौं, चैत १६। काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा हेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजार निर्माण हुने भएको छ । बजार निर्माणका लागि जग्गा अधिग्रहण र डिजाइनसमेत तयार भइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानी प्राविधिकहरूले सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सुरुङमार्ग भएर यात्रा गर्ने यात्रीको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने जानकारी दिए । उनका अनुसार सो ठाउँमा बजार विकासको काम सुरु भइसकेको छ ।
उनले भने, ‘‘जापान लगायतका अन्य मुलुकमा समेत सुरुङमार्गमा प्रवेश गर्नुअघि यात्रुहरू ‘फ्रेस’ हुने, आरामगर्ने र आवश्यक सरसमान खरिद गर्ने तथा सवारी साधनको समेत सामान्यमर्मत सम्भारगर्न सुरुङमार्गको प्रवेशद्वारमा‘ सर्भिस सेन्टर’निर्माण गरिएको हुन्छ ।

सोही अवधारणा अन्तर्गत नागढुङ्गा सुरुङमार्ग पनि‘ सर्भिस सेन्टर’निर्माण गर्न लागिएको हो । ’’महानिर्देशक थापाअनुसार सुरुङमार्ग निर्माण आयोजनाकै चौथो काम (कम्पोनेन्ट)अन्तर्गत निर्माण हुनलागेको सो बजारमा अन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर, होटल, रेस्टुरेन्ट, पेट्रोल पम्प, प्रदर्शनीस्थल, सार्वजनिक शौचालय, गाडी मर्मत केन्द्रलगायतका संरचना निर्माण गरिनेछ । त्यसैगरी स्थानीय किसानको कृषिजन्य उत्पादन तथा परम्परागत हस्तकला उत्पादनकालागि छुट्टै स्टल निर्माण गरिनेछ ।

त्यसैगरी एकै पटकमा कम्तीमा ५० वटा चारपाङ्ग्रे सवारी साधनपार्किङगर्न मिल्ने पार्किङस्थलनिर्माणका साथै यात्रुलाई खुला ठाउँमा घुमफिरगर्न बजारनजिकै आकर्षक बनाउन बगैँचासमेत निर्माण गरिनेछ । सवारी चालकहरू गाडीहरू एकछिन भएपनिफ्रेस हुनपाउँदा सडक दुर्घटनामा समेत कमीआउने विश्वास गरिएको महानिर्देशकथापाको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्