Logo

‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड नबिल बैंकलाई



काठमाडौं, १६ चैत्र । नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड हात पारेको छ । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको हो ।

मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई अवार्ड प्रदान गरेको हो । कम्पनीको अनुसार एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।

अवार्ड प्रदान गरेको ग्रोथ सेलरको अनुसार बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको हो ।
बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको जनाएको छ । ११९ शाखा, १८५ एटीएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्