काठमाडौं, १६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफ्नो पार्टीले अविश्वासको प्रस्ताव दर्ता नगर्ने स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुसँग अविश्वासको प्रस्ताव गर्ने संख्या पुग्ने भएपनि प्रस्ताव पारित गर्नको लागि परिस्थिति परिपक्व हुनुपर्ने बताए । उनले नेकपा (माओवादी केन्द्र) र जसपाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने भनेर सहमति गर्नुपर्ने पनि बताए ।
फरक प्रसँगमा उनले पार्टीको आसन्न १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने पनि खुलासा गरे । उनले त्यसको लागि आफू सम्पूर्ण रुपमा तयारी अवस्थामा रहेको पनि सुनाए । र, देशभरिका प्रतिनिधिहरुले सभापतिमा लड्नको लागि आफूलाई प्रोत्साहन गरेको पनि उनको भनाई छ । हेरौं कुराकानीको भिडिओ :