काठमाडौं, १८ चैत्र । महोत्तरी भंगाहा ८ बाट बिहान घास काट्न गएका बेपत्ता सात जना बालिका भारतमा भेटिएका छन् । बेपत्ता भएका सातै जना बालिका भारतको सीतामाढीमा भेटिएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा अर्चना पासवान, सीमा पासवान, रञ्जना पासवान, ज्योती पासवान, रिया पासवा, नगीना पासवान र अस्मिता पासवान रहेका छन् । उनीहरुको उमेर क्रमशः ११, १२, १२, १३, १३, १७, २० रहेको छ । उनीहरुलाई नेपाल ल्याउने तयारी गरीरहेको प्रहरीले जनाएको छ ।
महोत्तरीमा घाँस काट्न गएका सातजना किशोरी एकाएक सम्पर्क विहीन भएका थिए । जिल्लाको भंगहा नगरपालिका वडा नं ८ धर्मपुर पासमानका एकै टोलका सातैजना किशोरी बेपत्ता भएका हुन् ।