काठमाडौं, १८ चैत्र । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले बिक्रि खुल्ला गरेको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिन्छ । बैंकले चैत्र १३ गतेबाट ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा विक्रि खुला गरेको हो ।
बैंकले १० वर्ष अवधिको लागि ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ नाम दिएको छ । निष्कासन गरेको ऋणपत्रमध्ये ११ लाख ४० हजार कित्ता सर्वसाधारण, ६० हजार कित्ता सामुहिक लगानी र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बैंकले ऋणपत्र छुट्टाएको छ ।
ऋणपत्र बिक्रि तथा प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको अनुसार न्युनतम २५ कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।