काठमाडौं, १८ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेको भन्दै बोलेको कुराको जवाफ दिन माग गरेका छन् ।
सांसद बडुले भने,‘यसमा यर्थाथता कति छ ? गृह मन्त्रालयले उहाँको सुरक्षाका लागि के के गरिरहेको छ ? संसद् चलिरहँदा आजसम्म प्रधानमन्त्री नदेखिनुको कारण सुरक्षा खतरा हो कि नैतिक खतरा महसुस गर्नु भएको हो ?