काठमाडौं, १९ चैत्र । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले युएसडी ई–कम कार्डको सुरुवात गरेको छ । बैंकले सुचना जारी गरेको अन्तराष्ट्रिय प्रिपेड कार्ड सम्बन्धि परिपत्र अनुसार सुविधा प्रदान गर्ने भएको हो । सिटिजन्स बैंकले संचालन गरेको कार्ड मार्फत ग्राहकले नेपाली रुपैयाँलाई सटही गरेर वार्षिक ५ सय अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् ।
बैंकको अनुसार उक्त कार्ड प्रयोग गर्न इच्छुक ग्राहकले खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको अथवा प्यान कार्ड लिएको हुनुपर्नेछ । नेपाल र भारत बाहेकका देशहरुबाट अनलाइन मार्फत वस्तु तथा खरिद बापतको भुक्तानी गर्न उक्त कार्डको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । कार्डको प्रयोग गरेर नगद झिक्न तथा पीओएसमार्फत कारेबार गर्न नपाइने जनाइएको छ ।