Logo

घनश्याम र सुरेन्द्रमाथि कारबाही भएपछि योगेशको प्रतिक्रिया : भद्दा मजाक गरिएको छ



काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) का नेता योगेश कुमार भट्टराईले पार्टीले नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म निलम्बन गरेकोलाई भद्दा मजाक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्–‘ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।’ आजमात्रै पार्टीले भुषाल र पाण्डेलाई ६ महिनासम्म निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकोले कारबाही गरिएको जनाईएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्