Logo

२ सय ७६ जना जेष्ठ नागरिक र एकल महिलाको भत्ता रोक



मोरङ, चैत २० । विराटनगर महानगरपालिकाले दोहोरो भत्ता लिदै आएका २ सय ७६ जना जेष्ठ नागरिक र एकल महिलाको भत्ता रोकेको छ ।सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ मा निवृत्तिभरण वा नियमित पारिश्रमिक लिनेहरुले सामाजिक सुरक्षा भत्ता लिन नपाइने व्यवस्था भएपनि विराटनगर महानगरपालिका लगायत धेरै स्थानीय तहहरुले दोहोरो सुविधा दिदै आएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि दोहोरो भत्ता रोक्न थालिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।विराटनगर महानगरपालिकाबाट चालू आर्थिक वर्ष पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्तावापत १४ हजार ८३ जनालाई १३ करोड ४३ लाख ८३ हजार रुपैया वितरण गरेको थियो भने दोश्रो चौमासिकमा १४ हजार २ सय ३१ जनालाई १३ करोड ५१ लाख ८४ हजार रुपैया वितरण गरेको थियो ।

विराटनगर महानगरपालिकामा दोहोरो भत्ता लिदै आएकाहरुको छानबिन गरी साउन १ गतेदेखि नै दोहोरा सुविधा रोकिएको विराटनगर महानगरपालिकाका पञ्जिकरण शाखाका जस्टिस चौधरीले बताए ।



प्रतिक्रिया दिनुहोस्