Logo

अब कसको नेतृत्वमा सरकार बन्छ ? कांग्रेस र माओवादी केन्द्रका नेताहरुले गरे यस्तो खुलासा (भिडिओसहित)



काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम घिमिरेले नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता नलिएको र जसपापनि आन्तरिक विवादमा रहेकोले कांग्रेसले सरकारको नेतृत्व लिने कुरामा हतार नगरेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै नेता घिमिरले यस्तो बताएका हुन् ।

उता, नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले सरकारलाई पार्टीले दिएको समर्थन जुनसुकै बेला फिर्ता लिने स्पष्ट पारे । उनले आफ्नो पार्टीले कांग्रेस, जसपा र एमालेको माधव नेपाल समूहसँग छलफल गरिरहेको सुनाए । उनले अहिले आफूहरुलाई केपी ओलीसँग बार्गेनिङ गर्नुपर्ने कुनै कारण नभएको पनि जिकिर गरे । पार्टीबाट मन्त्री बनेकाहरुलाई स्पष्टीकरण सोधिएका सुनाउँदै अब केही दिनभित्रै निर्णय लिने तामाङले सुनाए ।



प्रतिक्रिया दिनुहोस्