म्याग्दी, चैत २२ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत १२ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय आतंकित भएका छन्। यसअघि जलविद्युत् आयोजनामै कार्यरत भारतीय मजदुरमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेका १ महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
छिमेकी राष्ट्र भारतसँगै तराईका जिल्लाबाट आएका मजदुरमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए। मिस्त्रीखोला जलविद्युत् आयोजनास्थलमा कार्यरत सबैजसो मजदुरलाई कोरोना संक्रमणको जोखिममा राखी ७६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। नागरिक दैनिकबाट