काठमाडौं, २२ चैत्र । चैत्र २३ गते (भोली) दुई कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । सोमबार प्रिमियर इन्स्योरेन्सको नक्साल र सांग्रिला डेभलपमेन्ट बैंकको लैनचौर बैंङक्वेट्समा बिहान १० बजे सभा हुने भएको हो ।
१ अर्ब ४५ लाख ६० हजार चुक्तापुँजी भएको प्रिमियर इन्स्योरेन्सले चैत्र ११ गते एकदिन सभा प्रयोजनार्थ बुक क्लोज गरेकोे थियो । कम्पनीको भोली हुने सभाले ११.५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने भएको छ ।
हाल २ अर्ब ६० करोड ४० लाख चुक्तापुँजी रहेको सांग्रिला डेभलपमेन्ट बैंकको सोमबार बस्ने सभाले ५.२६ प्रतिशत लाभांश पारित गर्ने जनाइएको छ । यसको साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाबीच सहकार्य तथा मर्जर गर्ने अख्तियारी समेत संचालक समितिलाई सभाले दिने भएको छ ।