Logo

आज १ सय ७६ संक्रमित थप



काठमाडौं, २२ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय १७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार २ सय ४० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्