Logo

आजदेखि यी दुई कम्पनीको संस्थापक शेयर लिलामीमा



काठमाडौं, २३ चैत्र । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्रि खुल्ला गर्ने भएको छ । बैंकको अनुसार, बैकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर विक्रि खुल्ला गर्ने भएको हो ।

नेशनल लाइफको ५५ हजार ८६६ कित्ता र नागरिक लगानीका कोषको ५० हजार कित्ता संस्थापक शेयर बैकले लिलाम विक्रि खुला गर्ने बैंकले जनाएको छ । लगानी कोषको शेयर मुल्य न्युनतम मुल्य १५ सय २९ रुपैयाँ र नेशनल इन्स्योरेन्सको ४६६ रुपैयाँ तोकिएको हुनाले लगानी गर्न इच्छुक आवेदकहरुले सो मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल गर्नुपर्ने हुन्छ ।

 



प्रतिक्रिया दिनुहोस्