Logo

चैत्र २० देखि जारी रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, २४ चैत्र । रु रु जलविद्युत परियोजनाले जारी गरेको आईपीओमा आवेदन दिन आज अन्तिम हो । चैत्र २० गतेदेखि १०० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार कित्ता शेयर निष्कासन  गरेको हो ।

कम्पनीले निष्कासन गरेको कुल कित्तामध्ये कर्मचारीहरुको लागि ८ हजार १५४ कित्ता, सामुहिक लगानी कोषका लागि २० हजार ३८५ कित्ता शेयर छुट्टाएको छ । बाकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

आवेदन दिन इच्छुकहरुले शेयर खरिदको लागि चैत्र २४ गते (आज) सम्म आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको छ । आवेदकहरुले आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम सम्पुर्ण सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरुबाट आवेदन दिनसक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्