काठमाडौं, २४ चैत्र । केही दिनदेखि बढ्दै गएको नेप्से (मगलबार)आज पनि १५ अंकले बढेको छ । आज ०.५९ प्रतिशत अर्थात १५.७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.३४ अंकले बढेर ४७६. १८ उच्च विन्दुमा पुगेको छ ।
आज २१३ कम्पनीका ८१ हजार ७५५ पटक कारोबार भएर ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।
आज १२ उपसमुह मध्ये ६ वटा उपसमुहको सुचक घटेका छन् भने ६ वटा सुचक बढेका छन् । मंगलबार सबैभन्दा धेरै ५.६२ प्रतिशतले होटलको सुचक बढेको छ ।
नेप्सेको अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३९ करोड ८० लाख भन्दा धेरैको कारोबार भएको छ । त्यस्तै चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३१ करोड १० भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सबैभन्दा धेरै १० प्रतिशतले सुचक घटेको छ ।