Logo

आज सर्वाधिक कारोबार भएका यी १० कम्पनी



काठमाडौं, २४ चैत्र । कारोबारको तेस्रो दिन आज नेप्सेमा सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को कारोबार भएको छ । बैंकको ३९ करोड ८० लाख ५७ हजार २३६ कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको प्रतिशेयर मुल्य ६ सय ५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेप्सेको अनुसार चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३१ करोड १० लाख ६३ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको प्रतिशेयर मुल्य आज ६ सय ८२ रुपैयाँ कायम भएको छ ।

मंगलबार २१३ कम्पनीका ८१ हजार ७५५ पटक कारोबार भएर ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्