काठमाडौं, २५ चैत्र । प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुलाई तालिम दिएको छ । नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले क्यापिटलका कर्मचारीलाई तालिम दिएका हुन् ।
लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको जनाएको छ । क्यापिटलको अनुसार तालिम कार्यक्रममा २० जना कर्मचारी सहभागी भएका थिए ।