काठमाडौं, २५ चैत्र । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार बैशाख २ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै मर्जर भएको यी दुई संस्थाले २ गतेबाट एकीकृत कारोबार गर्ने भएको हो ।
दुबै वित्तीय संस्था एक आपसमा मर्ज हुने निर्णयलाई नेपाल राष्ट्र बैंकले गत चैत १० गते अन्तिम स्वीकृति दिएपछि संस्थाको एकीकृत कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको जनाएको छ । संस्थाको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिक वार्ड नं.८ मा रहने संस्थाले जनाएको छ ।
संस्थाले २०७७ बैशाख २ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकोले डाटा माइग्रेसनको लागि चैत ३१ गतेका दिन दुबै वित्तीय संस्थाको बैंकिङ्ग कारोबार बन्द हुने जानकारी दिएको छ ।