Logo

कांग्रेस सत्ताको सहयोगी हुन मिल्दैन्, नैतिक पक्ष गिरेको अवस्था छ : प्रदीप पौडेल (भिडिओसहित)



काठमाडौं, २६ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले अहिलेको समस्या हल गर्नको लागि आफ्नो पार्टी गम्भीर रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिपक्षी दल भएकोले कांग्रेस सत्ताको सहयोगी हुन नमिल्ने पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकता नभएको नेता हो भने त्यो कांग्रेसले प्रष्टसँग भन्नुपर्ने विचार राखे । उनले पार्टीभित्र अहिले नैतिकता गिरेको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्