Logo

ढल्कोमा सञ्चालित विद्युतीय रिक्सामा एनसीसी बैंकको क्यूआर सेवा



काठमाडौं, २६ चैत्र । ढल्कोमा सञ्चालित विद्युतीय रिक्सामा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले क्यूआर सेवा शुरु गरेको छ । बैंकले काठमाडौं महानगर पालिका १७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । बुधबार आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उनीहरूलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

क्यूआर कोड मार्फत विद्युतीय भुक्तानीलाई प्रवर्दन गर्ने राष्ट्र बैंकको नीतिअनुसार एनसीसी बैंकले विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको जनाएको छ । त्यसका लागि बैंकले श्रमिक नेपाल यातायात अटोसँग सहकार्य गरेको छ ।

बैंकका देशभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्