काठमाडौं, २७ चैत्र । नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई राष्ट्रिय वाणिज्य बैंकले क्यूआर कोड हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त क्यूआर र पोस मेसिन हस्तान्तरण गरेका हुन् ।