काठमाडौं, २७ चैत्र । नयाँ“ वर्ष २०७८ को शुभ अवधिमा आफ्ना ग्राहकहरुलाई नबिल बैंकले क्यास ब्याक अफर ल्याएको छ । बैंकले चैत २९ गते देखि आगामी बैशाख ७ गते सम्म दराज संगको साझेदारीमा नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम १ हजार रुपैया क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम रु १ हजार ५ सय रुपैया क्यास ब्याक प्राप्त गर्न सक्ने जनाएको छ ।
बैंकले अफर शुरू हुन अझै २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिन पनि आग्रह गरेको छ । हाल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।