काठमाडौं, २८ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राजनीतिमा पछिल्लो समय विचित्र विचित्रको घट्ना घट्न थालेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले अहिले वामपन्थीको सरकार भएपनि यसले राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले नेपालमा सबैभन्दा विवेकहीन सरकारको रुपमा वर्तमान सरकार देखिएको टिप्पणी गरे । संविधान, कानून मिचेर अहिले राज्य कब्जा गर्ने डरलाग्दो अभ्यास पछिल्लो समय भैरहेको उनको गुनासो छ । उनले वर्तमान सरकारले कर्मचारीतन्त्रलाई आतंकमा बाँच्न बाध्य बनाईएको र उनीहरुको आत्मसम्मानमा कुल्चिने काम भएको पनि टिप्पणी गरे ।
https://www.facebook.com/prachanda.nepal/videos/449879232754192