Logo

पत्रकार महासंघको अध्यक्षमा विपुलको जीत सुनिश्चित, निर्मलाभन्दा २ हजार मतले अगाडि



काठमाडौं, २८ चैत्र । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको जीत सुनिश्चित भएको छ । १६ जिल्लाको मतगणना बाँकी रहँदा पोखरेलले अध्यक्षकी निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई २ हजारभन्दा बढी मतले पछि पारिसकेका छन् ।

मतान्तर बढी रहेकाले विपुलको जीत सुनिश्चित भएको छ । अब मतान्तरभन्दा कम मत गन्न बाँकी रहेको छ । अध्यक्ष जत्तिकै वरिष्ठ उपाध्यक्षमा पनि मतान्तर रहेको छ । रमेश बिष्टले निकटतम प्रतिद्वन्द्वीलाई २ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन् ।

सत्ता निकट पत्रकारहरुको संगठन प्रेस चौतारीबाट निर्मला शर्मा चुनावी मैदानमा आएकी हुन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल समूहनिकट गठबन्धनबाट विपुल पोखरेल अध्यक्षका प्रत्याशी बनेका हुन् ।



प्रतिक्रिया दिनुहोस्