काठमाडौं, २९ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा एमालेका नेता डा.राजन भट्टराईले जनता समाजवादी पार्टीसँग सत्ता साझेदारीका विषयमा छिट्टै सहमति हुने दाबी गरेका छन् । उनले सहमतिका लागि छलफल अगाडि बढिसकेको समेत बताए ।
जसपाले उठान गरेका कानुनीरुपमा समाधान गर्न मिल्ने मागहरु सरकारले पूरा गर्ने उल्लेख गर्दै जसपासँग सत्ता साझेदारी हुनसक्ने बताएका हुन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.भट्टराईले जसपाका जायज माग पूरा गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
देशलाई राजनीतिक संकटबाट निकास दिन तीनवटा मात्रै विकल्प रहेको उल्लेख गर्दै उनले पहिलो वर्तमान सरकारको निरन्तरता, दोस्रो निर्वाचनमा जानुपर्ने र अन्तिम विकल्प वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर सरकार परिवर्तन गर्नु रहेको प्रष्ट पारे ।
फरक प्रसंगमा डा।भट्टराईले उत्तरी नाका संचालनमा ल्याउन चीनसँग सरकारले पहल गरिरहेको बताए ।
चीनमा कोरोना संक्रमण बढ्ने बित्तिकै नाकामा कडाइ हुने गरेको उल्लेख गर्दै अन्तराष्ट्रिय नाका भएकाले सरकारले एएकतर्फि निर्णय गरेर नाका संचालन गर्न नसक्ने बताए ।-फाइल तस्बिर