Logo

आज नेप्सेसँगै ब्रोकर कार्यालय पनि बन्द



काठमाडौं, २९ चैत्र । सरकारले सार्वजनिक विदा दिएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सहित ब्रोकर कार्यालयहरु बन्द हुने भएका छन् । आइतबार घोडेजात्रा पर्व परेकोले शेयर बजार बन्द हुने भएको हो ।

बिहीबार नेप्से ०.१० प्रतिशत अर्थात २.७४ अंकले बढेर २६ सय ७४ दशमलव ३५ विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स भने बिहीबार ०.२८ अंकले घटेर ४७६.५१ विन्दुमा रोकिएको थियो ।

बिहीबार २०७ कम्पनीको ७१ हजार २४१ कम्पनीको ६ अर्ब ५५ करोड ६५ लाख १६ हजार ६८० रुपैयाँ बराबरको १ करोड ३३ लाख ७६ हजार कित्ता खरिद बिक्रि भएको थियो ।
नेप्सेको अनुसार बिहीबार सबै भन्दा धेरै अपर तामाकोशीको सर्वाधिक कारोबार भएको थियो । कम्पनीको ३६ करोड ७८ लाख भन्दा धेरैको कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्