काठमाडौं, २९ चैत्र । नेपाल चेम्बर अफ कमर्सकोे कार्यसमिति सदस्यमा विज्ञापन व्यवसायी तथा त्रिकोण एड्भर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल निर्वाचित भएका छन् ।
अर्याल चेम्बरको शुक्रबार भएको ७० औ साधारसभामा भएको निर्वाचनबाट निर्वाचित भएका हुन् । उनी एनआईसी एशिया बैंकमा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समेत हुन् ।