Logo

आज एकैदिन ३ सय ३ संक्रमित थप, १४१ जना संक्रमणमुक्त



काठमाडौं, २९ चैत्र । आज नेपालमा कोरोना भाइरसका  ३ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएको  मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्