भोजपुर, ३१ चैत्र । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगी सोमबार दिउँसो पक्राउ परेका हुन् ।
गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।