काठमाडौं, ३१ चैत्र । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजसम्म २३ लाख २१ हजार ६ सय ७० पिसीआर परिक्षण भएको छ भने ३ हजार ६ सय ८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ८५ रहेको छ ।