Logo

प्रधानमन्त्री ओलीको सम्बोधन सुरु, २०७७ लाई निरर्थक वर्ष हुन नदिएको दाबी (लाईभ भिडिओ)



काठमाडौं, १ बैशाख । प्रधनमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को अवसरमा अहिले देशवासीको नाममा सम्बोधन गरिरहेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् ।

उनले वर्ष २०७७ प्रतिुकुल अवस्थामा पनि निरर्थक हुन नदिएको दाबी गरे । उनले व्यापार घाटा घटाउनको लागि पनि थोरै सफलता हाँसिल गरेको सुनाए । उनले गएको वर्षलाई सफल वर्षकै रुपमा लिनुपर्ने जिकिर गरे । कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । सम्बोधन क्रममा उहाँले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले आफूहरुले जनतामा थुप्रै आशा जगाउने काम गरेको पनि दाबी गरे । तर, सरकारले काम गर्न सकेन भनेर कतिपयले जनता भड्काउन काम गरेपनि आफूहरु विचलित नभएको जिकिर गरे । उनले आफूहरुले प्रति दिन साँढे ५ किलोमिटर बाटो बनेको पनि सुनाए । त्यस्तै, एक दिनमा कम्तिमा पनि १२ वटा आवास बनेको पनि सुनाए ।

https://www.facebook.com/100045891242997/videos/167495178475535



प्रतिक्रिया दिनुहोस्