Logo

प्रधानमन्त्री ओलीद्धारा ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमको प्रारम्भ (फोटोफिचर)



काठमाडौं, १ बैशाख । मुलुकमा लोकतान्त्रिक आन्दोलनमा सरिक भएर ज्यानको आहुति दिने व्यक्तिको सम्मानमा ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमको प्रारम्भ गरिएको छ । नयाँ वर्ष २०७८ को शुरुआतसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि बलिदान दिने र जीवन आहुति दिन तयार हुने लोकतान्त्रिक योद्धालाई सम्मान गरेर उक्त कार्यक्रमको शुभारम्भ गरेका छन् ।

समारोहमा प्रधानमन्त्री ओलीले मुलुकमा नयाँ सिलसिलाको प्रारम्भ भएको बताएका छन् । काठमाडौँमा आज आयोजित लोकतान्त्रिक योद्धा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आन्दोलनमा योगदान दिने व्यक्तिलाई खोजी–खोजी तथ्यका आधारमा सरकारले उचित सम्मान दिने र उक्त अभियान निरन्तर अघि बढ्ने जानकारी दिए । बलिदानपूर्ण सङ्घर्षको इतिहासलाई सरकारले नविर्सिएको उनले बताए ।

प्रधानमन्त्रीले ओलीले भने,“इतिहासप्रति, अग्रजले गरेका बलिदानप्रति कृतघ्न हुन सक्दैनौँ, हामी कृतज्ञ हुनुपर्छ र त्यही कृतज्ञता स्वरुप नयाँ वर्ष २०७८ मा यहाँहरुलाई सम्मान गरेर नयाँ सिलसिला थालेका छौँ ।” उनले अरु पनि लाइनमा रहेकाले यो सिलसिला कायम रहने बताए । उनले आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामको विषयमा ध्यान गएको छ भने । प्रधानमन्त्री ओलीले अझै पनि शहीद परिवारका सामाजिक सुरक्षा रोजगारी, बालबालिकाको शिक्षा, घाइते, असक्तताका भएकाको जनजीविकाका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारले सोचिरहेको बताए।

अझै गोली र छर्रा शरीरमा छन्, उपचारको आवश्यकता छ भने त्यस्तो स्थितिमा सरकारले ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको समुपस्थितिमा कूल ३८१ लाई यसरी लोकतान्त्रिक योद्धा सम्मान गरिएको थियो । त्यसमा १७६ बहिर्गमित लडाकुसहित दुई जनआन्दोलनका शहीद, १८ सशस्त्र सङ्घर्षका शहीद, ४७ सेनातर्फका शहीद, ४१ प्रहरीतर्फका शहीद, सशस्त्र प्रहरीतर्फ १६, राष्ट्रिय अनुसन्धानतर्फ तीन र मधेश आन्दोलनका २० शहीद परिवारलाई सम्मान गरिएको थियो । अन्य सम्मान प्राप्त गर्नेमा विभिन्न आन्दोलनमा सहभागी भएर घाइते/अपाङ्गता भएका रहेका थिए ।

जिउँदा शहीदका रुपमा परिचित काभ्रेका मुकेश कायस्थको घरमै भएको सम्मान समारोह प्रधानमन्त्री ओलीले भर्चुअलबाट अवलोकन गरेका थिए । उक्त समारोहमा विसं २०६७ मा गम्भीर घाइते भएकालाई आफू भेट्न गएको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले घाइतेको कुरुवा र बिरामीको जीविका तथा औषधोपचारको प्रारम्भ गरिएको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले भने, “अहिले पनि शहीदका परिवार आवासविहीनका अवस्थामा छन् भने आवास उपलब्ध गराउने, घर बनाउनका लागि जमिन छैन भने भूमि आयोग र भूमि मन्त्रालयमार्फत कसरी व्यवस्थापन गर्न सकिन्छ, हामी सोचिरहेका छौँ, त्यसको पनि लगत लिने काम शुरु भएको छ ।”


तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्