काठमाडौं, २ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
हिजो (बुधबार) मध्यरातिनै संसदको अधिवेशन अन्त्य गरिएको छ । तर, विपक्षी दलहरुले विशेष अधिवेशनको माग गरेका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै भावी मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ।
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको कांग्रेसका एक सांसदले जानकारी दिए । यो प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर गरेका छैनन्। तर अविश्वास प्रस्तावमा जनमोर्चाले समर्थन गर्ने सहमति भइसकेको कांग्रेसका एक सांसदले बताए। File Photo