Logo

सर्बदलीय बैठकमा प्रधानमन्त्रीले सभामुख सापकोटाको भूमिकालाई लिएर पोखे आक्रोश



काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई असहयोग गरेको भन्दै उनको भूमिकालाई लिएर आलोचना गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्बदलीय बैठकमा आफ्नो कुरा राख्ने क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि पोखेका हुन् ।

यसअघि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बालुवाटारमा लामो समयपछि भेटवार्ता भएको थियो । पछिल्लो समय प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच त्यति राम्रो सम्बन्ध छैन् । सभामुख सापकोटा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको गोटी बनेको बालुवाटारको आरोप छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममार्फत नै सभामुखको भूमिकाको आलोचना गर्ने गरेका छन् । आजको बैठकमा पनि प्रधानमन्त्रीले सभामुखले असहयोग गरेको गुनासो पोखेका थिए । सभामुखको भूमिका अराजक भएको प्रधानमन्त्रीको भनाई थियो । सरकारलाई असफल बनाउनको लागि सभामुख लागिपरेको उनको गुनासो थियो । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्