Logo

काठमाडौंसहित देशभरिको वातावरण किन बिग्रियो ? यसो भन्छन् विज्ञहरु (भिडिओसहित)



काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्व वातावरणमन्त्री गणेश साहले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गैरसंवैधानिक काम गरेको आरोप लगाएका छन् । उनले सरकारले संवैधानिक, कानूनी र नियमहरुको पालना नगरेको पनि गुनासो पोखे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक अस्थिरता हुँदा सबैभन्दा बढि असर वातावरणमा पर्ने गरेको उनको भनाई छ ।

त्यस्तै, कार्यक्रममा वातावरण विभागका उपमहानिर्देशक ईन्दुविक्रम जोशीले आफूहरुले काठमाडौं वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाअनुसार नै काम गरिरहेको दाबी गरे । काठमाडौंको वायु प्रदुषण अहिलेको मात्रै नभएको उनको जिकिर छ । तर, यसपालि प्रदुषण उच्च विन्दुमा पुग्नुको कारण डढेलो नै रहेको उनको भनाई छ । उनले यो प्रदुषण २० देखि २५ वर्षदेखि नै रहेको जिकिर गरे । हेरौं कुराकानीको पूरा भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्