Logo

सहकारी पसलको ३० करोड फ्रिज



काठमाडौं, बैशाख ५ । सरकारले सहकारी पसललाई अनुदानको निम्ति छुट्याएको रकम पुरै फ्रिज हुने अवस्थामा पुगेको छ । आर्थिक वर्षको ११ महिना बित्न लाग्दा पनि उक्त रकम सहकारी संस्थाहरूले पाएका छैनन् ।

चालू आर्थिक वर्षमा सहुलियत पसल सञ्चालनका लागि ३० करोड रकम छुट्याइएको थियो । त्यसमध्ये ८ करोड सहकारी विभागमा आए पनि सो रकम विभागमै थन्किएको छ । बाँकी २२ करोड अर्थ मन्त्रालयले निकासा नै नगरेको विभागका उपरजिस्ट्रार गोपीकृष्ण निरौलाले बताए । गत वर्ष रकम वितरणमा अनियमितता भएको भन्दै अर्थले रकम रोकेको जानकारी उनले दिए ।

गत आव २०६५÷६६ मा सहकारी पसलका लागि छुट्याएको ८ करोड रकम फ्रिज भएको थियो । बजेट ४० करोड रकम विनियोजन गरे पनि ३२ करोड मात्र खर्च भएको विभागको तथ्यांक छ । स्थानीय सहकारी मार्फत ३ हजार २ सय ६० पसललाई उक्त रकम वितरण गरिएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्